काठमाडौँ — नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि फेरि एकपटक ठूलो परिमाणको रकम खिच्ने तयारी गरेको छ। राष्ट्र बैंकले चैत २५ गते ३५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत खिच्न लागेको हो।>
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले दिएको जानकारीअनुसार, २३ दिन अवधिका लागि उक्त रकम बोलकबोल प्रक्रियामार्फत संकलन गरिनेछ। यस प्रक्रियामा सहभागी हुने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन्।>
बोलकबोलबाट निक्षेप संकलनमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सक्ने सुविधा पाइनेछ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ।>
यस निक्षेप संकलन प्रक्रियामा क, ख, र ग वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्। राष्ट्र बैंकले ब्याजदर उल्लेख गर्दा दशमलव पछाडि चार अंकसम्म राख्न निर्देशन दिएको छ।>
राष्ट्र बैंक यसअघि पनि पटक–पटक तरलता संकलन गर्दै आएको छ। चैत २० मा ३० अर्ब, चैत १७ मा २५ अर्ब, चैत १३ मा ३० अर्ब, चैत १० मा २० अर्ब, चैत ६ मा २५ अर्ब, र चैत ३ मा ४० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिसकेको छ।>
>
#NepalRastraBank #LiquidityManagement #MonetaryPolicy #DepositCollection #BankingSystem #aarambhaonline>>