नेपाल–चीन सीमाक्षेत्रमा शक्तिशाली भूकम्प: हिमाली क्षेत्रमा उच्च जोखिमको चेतावनी

Aarambha Online 256+ समाचार ( )
हिमाली क्षेत्रमा भूकम्पको जोखिम उच्च रहेकोले चेतावनी
२४ पौष २०८१

काठमाडौं — नेपाल–चीन सीमानजिकै हिमाली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर मङ्गलवार बिहान गएको ६.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्पपछि भूकम्पीय जोखिमबारे चासो र चिन्ता थपिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उत्तरतर्फका सात जिल्लाहरूमा भूकम्पको प्रभाव परेको हुन सक्ने आकलन गरिएको छ।

विज्ञहरूका अनुसार हिन्दूकुशदेखि म्यान्मारसम्म फैलिएको हिमालय क्षेत्र भूकम्पीय जोखिमका दृष्टिले संवेदनशील मानिन्छ। राष्ट्रिय भूकम्प मापन अनुसन्धान केन्द्रका अधिकारीहरूले हिमालयमुनि भारतीय प्लेट युरेसियन प्लेटमुनि प्रवेश गरिरहेकाले वार्षिक रूपमा दुई सेन्टिमिटरको दरले दरार उत्पन्न हुने बताएका छन्। यस कारण, हिमाली क्षेत्रमा भूकम्पको जोखिम उच्च रहेकोले चेतावनी दिइएको छ।

प्रतिक्रिया

David kc २४ पौष २०८१, बुधवार

ramro lagyo

सम्बन्धित समाचार