>
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यहि २०८२ कार्तिक १० देखि १२ गतेसम्म देशका विभिन्न भू–भागमा सामान्यदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। विभागद्वारा जारी मौसमी बुलेटिन अनुसार विशेषगरी ताप्लेजुङ जिल्ला अन्तर्गतका उच्च पहाडी तथा हिमाली भेगहरू हिमपात हुने सम्भावित क्षेत्रमा पर्दछन्।>
यस सन्दर्भमा विभागले स्थानीय बासिन्दा, पदयात्रा तथा हिमाल आरोहणमा जाने पर्यटक, पाथीभरा माताको दर्शनका लागि आउने तीर्थालु, र अन्य धार्मिक स्थलतर्फ जाने यात्रुहरूलाई मौसमी अवस्था अनुकूल निर्णय गर्न, आवश्यक सतर्कता अपनाउन तथा यात्रा अघि सुरक्षा व्यवस्थामा ध्यान दिन आग्रह गरेको छ।>
साथै, सरोकारवाला निकायहरूलाई हिमपातजन्य मौसमी जोखिमबाट नागरिकको सुरक्षाका लागि आवश्यक तयारी र सहयोग पुर्याउन समेत अनुरोध गरिएको छ।>
>
#WeatherAlert #TaplejungSnowfall #Pathibhara #NepalWeather #AarambhaOnline @followers @follow @follower @followaarambhaonline>
>
>>