हेटौँडा । नेकपा (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले ११औँ महाधिवेशन प्रतिनिधि चयनमा पराजित भएपछि मतदान प्रक्रियाको गम्भीर समीक्षा गर्न आग्रह गरेका छन्।>>
मकवानपुर क्षेत्र नं.–१ बाट प्रतिनिधि बन्न उम्मेदवार बनेका पोखरेल शनिबार सम्पन्न मतदानमा पराजित भएका थिए। श्रीमतीको उपचारका कारण वीर अस्पतालमा रहेका उनले अस्पतालमै वारेसमार्फत उम्मेदवारी दर्ता गरेका थिए।>>
निर्वाचनमा उनले ३३४ मत मात्रै पाएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै धन्यवाद दिएका छन् र २० प्रतिशतभन्दा कम मतदान हुनुको कारण पहिचान गर्न आवश्यक रहेको बताएका छन्।>>
उनले भने, “भ्रामक प्रचारका बाबजुद पनि मलाई विश्वास गरी मतदान गर्ने सबै कमरेडहरूलाई धन्यवाद। किन २० प्रतिशतभन्दा कम मतदान भयो — यसको गहन समीक्षा आवश्यक छ।”>>>