प्यूठानमा ७५ वर्षीया वृद्धामाथि लुटपाट, सुनका गहना चोरी

Aarambha Online 468+ समाचार ( )
१८ कार्तिक २०८२

बुटवल। प्यूठानको झिमरुक गाउँपालिका–५ मा आइतबार दिउँसो एक ७५ वर्षीया वृद्धामाथि लुटपाट गरिएको छ। दिउँसो करिब १२ बजे घरमा एक्लै बसिरहेकी बसन्ता गिरीमाथि एक अपरिचित व्यक्तिले पानी माग्ने बहाना बनाइ हातपात गरी कानमा लगाएको सुनका गहना लुटेर फरार भएको स्थानीय सुवास जिसीले बताए। शारीरिक रूपमा अशक्त गिरी ढाँडस्थित ददेरीमा भाडाको कोठामा एक्लै बस्दै आएकी छन्। इलाका प्रहरी कार्यालय मच्छिकाका प्रमुख, प्रहरी नायव निरीक्षक बेगम रोकाका अनुसार कालो कपडा लगाएको अधबैँसे पुरुष भएको सामान्य हुलियाका आधारमा अनुसन्धान अघि बढाइएको छ। घटनापछि बिहानैदेखि प्रहरी टोली परिचालित भएको रोकाले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार