काठमाण्डौ — प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको अवाजा सहरमा यही साउन २३ गतेसम्म आयोजना हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गरेका छन्।>
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे लगायतले प्रधानमन्त्री ओलीलाई विदाई गरेका हुन्।>
प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रस्थान गरेका हुन्। सम्मेलनमा कम विकसित राष्ट्रहरूको समन्वय ब्युरोको अध्यक्षका रूपमा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।>
त्यसैगरी उनले उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध सत्रहरूमा समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।>
भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको यो सम्मेलनमा एशिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ देशको सहभागिता रहनेछ। सम्मेलनमा समुद्रमा प्रत्यक्ष पहुँचको अभाव, विश्व बजारबाट भोग्नुपर्ने कठिनाइ र तिनको समाधानका उपायहरूबारे छलफल गरिनेछ।>
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा लगायत सहभागी छन्। प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।>
>
>
@followers @follow @follower @followaarambhaonline
#KPOli #UNConference2025 #TurkmenistanVisit #NepalDiplomacy #LandlockedCountries #NepalForeignPolicy #AarambhaOnline>>