कुलमान घिसिङ चुनावी मैदानमा ! जेन्जी मुभमेन्टको कडा चेतावनी – “लोकतन्त्रकै अपमान”

Aarambha Online 468+ समाचार ( )
१६ मंगशिर २०८२

कुलमान घिसिङ चुनावी मैदानमा ! जेन्जी मुभमेन्टको कडा चेतावनी – “लोकतन्त्रकै अपमान”

काठमाडौँ । चुनावी सरकारका तीन मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङले पद नत्यागीकनै चुनाव लड्ने घोषणा गरेपछि देशव्यापी राजनीतिक बहस चर्किएको छ।

यस निर्णयविरुद्ध जेन्जी मुभमेन्ट नेपालले कडा प्रतिक्रिया जनाउँदै सरकारको नैतिकता र वैधता नै प्रश्नमा परेको आरोप लगाएको छ।

मुभमेन्टले जारी गरेको वक्तव्यमा भनिएको छ—
“मन्त्री पदको सुरक्षा कवच लगाएर चुनावमा उत्रिन खोज्नु लोकतान्त्रिक मूल्य, नैतिकता र जेन्जी विद्रोहमा रगत बगाएका युवाहरूको बलिदानमाथिको प्रत्यक्ष घात हो।”

यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले ‘कुलमान घिसिङ नभएको भए सरकार बन्दैनथ्यो’ भन्ने टिप्पणीले स्वयं सरकार नै एक व्यक्तिमाथि निर्भर रहेको पुष्टि भएको मुभमेन्टको आरोप छ।

वक्तव्यका अनुसार—

  • अख्तियारमा दर्ता भएका भ्रष्टाचारसम्बन्धी मुद्दाहरू,

  • भारतसँग कमिसन लिएर ४३ करोडको राष्ट्रिय क्षति हुनेगरी गरिएको विद्युत् सम्झौताका आरोप,
    —यी सबैले घिसिङको पदमा बस्ने नैतिक आधार स्वतः प्रश्नमा पर्ने उल्लेख छ।

जेन्जी मुभमेन्टले सरकारलाई चेतावनी दिंदै भनेको छ —
“मन्त्री पद दुरुपयोग गरी चुनावी प्रक्रियामा हस्तक्षेप गर्ने प्रयास सह्य हुँदैन, कुलमान घिसिङ तुरुन्त बर्खास्त हुनु आवश्यक छ।”

उनहरूले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले जेन्जी विद्रोहको नाम अपहरण गरेर सत्ता कब्जा गरेको आरोप पनि लगाएका छन्।

अन्त्यमा, मुभमेन्टले भनेको छ कि—
“कुशासन र सत्ता कब्जाको अन्त्य भई नयाँ पुस्ताको बलिदानबाट नयाँ युगको सुरुवात हुन्छ—यही नै हाम्रो ऐतिहासिक चेतावनी हो।”

प्रतिक्रिया