काठमाडौँ — नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको तलब वृद्धि गरेको छ। अस्पतालका अनुसार अब स्नातक तहका नर्सहरूको न्यूनतम मासिक तलब ३७ हजार रुपैयाँ हुने भएको छ। यो व्यवस्था आगामी कात्तिक १ गतेदेखि लागू हुनेछ।>
>
अस्पतालले बिरामी सेवामा नर्सहरूको समर्पण र पेशाप्रतिको निष्ठा कदर गर्दै चालु आर्थिक वर्षभित्रै दोस्रो पटक पारिश्रमिक बढाएको जनाएको छ। नर्भिकले यस कदमले नर्सिङ व्यवसायमा उत्साह थप्ने र सेवाको गुणस्तर सुधारमा मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।>>