प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै राजपत्रमा प्रकाशित बमोजिम सार्वजनिक बिदा उल्लेख गरेको छ।>
विवाह पञ्चमीका मुख्य कार्यक्रम जनकपुरधाममा हुँदै आएको र नागरिक तथा कार्यालयहरूलाई आवश्यक जानकारीका लागि सूचनाको प्रकाशन गरिएको मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालद्वारा जारी पत्रमा उल्लेख छ। प्रदेश राजपत्र (चैत २२, २०८१) मा उल्लेख भएको बिदा व्यवस्थाअनुसार मङ्गलवार सार्वजनिक बिदा लागू हुने उनले जानकारी दिए।>
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी मधेश प्रदेश सहित देशभर नै मनाइँदैछ।>
यस्तै, कोशी प्रदेशको इटहरीसहित मिथिला क्षेत्रका विभिन्न स्थानमा पनि विवाह पञ्चमी भव्य तरिकाले मनाइँदैछ। स्थानीय समुदाय, मन्दिरहरू र सांस्कृतिक समूहहरूले विशेष पूजा, कीर्तन र शोभा यात्रा आयोजना गरेका छन्।>
>
गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्छन्।>>