प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका २७ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन कडा निर्देशन

Aarambha Online 468+ समाचार ( )
११ मंगशिर २०८२

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका २७ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन कडा निर्देशन दिएको छ।

प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै उनीहरूको नाम, स्थायी ठेगाना र गैरहाजिर भएको मिति उल्लेख गर्दै निर्धारित बाटोको म्यादबाहेक ७ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश दिएको हो।

सूचनामा उल्लेख छ— यदि तोकिएको समयसीमाभित्र कार्यालयमा उपस्थित भई गैरहाजिर भएको कारणबारे सन्तोषजनक स्पष्टीकरण बुझाउन नसकेमा, लागू कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।

प्रहरी संगठन भित्रको अनुशासन कायम राख्न र गैरहाजिर प्रवृत्ति नियन्त्रण गर्न कार्यालयले पछिल्ला दिनमा निगरानी झनै कडा बनाएको छ।

#NepalPolice #BreakingNews #LawAndOrder #DisciplinaryAction #AarambhaOnline #aarambhaonline
@followers @follow @follower @followaarambhaonline

प्रतिक्रिया

सम्बन्धित समाचार