आजको राशिफल – Today’s Horoscope
२०८२ माघ १३ गते (२७ जनवरी २०२६), मंगलवार
माघ शुक्लपक्ष नवमी तिथि
भरणी नक्षत्र (९ः१५ बजेपछि कृत्तिका)
चन्द्रराशि: मेष (१४ः५१ बजेपछि वृष)>
मेष (Aries)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। काममा शुभचिन्तकहरूको साथ मिल्नेछ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।>
वृष (Taurus)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा फाइदा नगण्य भए पनि स्वाभिमानको रक्षा हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्दा यात्राको सम्भावना देखिन्छ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नेछ। महत्त्वाकांक्षी काममा सफलता मिल्नेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।>
मिथुन (Gemini)
का, कि, कु, घ, ङ, छ, के, को, ह
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। ऋणमोचनको सम्भावना छ। रकम हातलागी भए पनि खर्च गर्नुपर्ने देखिन्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने प्रयास गर्न सक्छन्। मध्याह्नपछि आकस्मिक खर्च बढ्न सक्छ। यात्रा गर्ने अवसर जुट्नेछ। जोखिम उठाए पनि पछि फाइदा हुने काम सुरु हुन सक्छ।>
कर्कट (Cancer)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नियमित कामसँगै दिगो काम प्रारम्भ गर्न सकिनेछ। रोकिएका काम बन्नेछन् र गरेका प्रयासमा अपेक्षित सफलता मिल्नेछ। व्यवसायमा लगानी गर्दा मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। साँझतिर आकस्मिक समस्याले खर्च गराउन सक्छ। सरसापटमा धन बाहिरिन सक्छ।>
सिंह (Leo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बेलामा सजग नहुँदा थालेको काम रोकिन सक्छ। कमजोर नतिजा सुधार्न काम दोहोर्याउनुपर्ने हुन सक्छ। धेरै समय अरूका काममा अलमलिने अवस्था रहला। मध्याह्नपछि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। समुदायको हितमा राम्रो काम गर्न सकिनेछ। सहयोगीहरूको साथ मिल्नेछ। पेसा–व्यवसायमा राम्रो फाइदा हुनेछ।>
कन्या (Virgo)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बेलामा होस नपुर्याउँदा समस्या आउन सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखिन सक्छ। फाइदाको पछि लाग्दा धनमाल गुम्ने जोखिम छ। आफ्ना कमजोरी बाहिर नदेखाउनुहोला। दिउँसोदेखि स्थिति सुधार हुँदै गुमेको स्थान प्राप्त हुनेछ। पुराना समस्या सुल्झिँदा नयाँ अवसर खुल्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।>
तुला (Libra)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेको उपलब्धिले उत्साह बढाउनेछ। उद्योग तथा व्यापारमा फाइदा हुनेछ। कामको चाप घट्नेछ। नयाँ व्यवसाय सुरु हुन सक्छ। मनोरञ्जनको समय मिल्नेछ। सोखका कारण खर्च बढे पनि मनपर्ने भौतिक साधन जोडिनेछ। दिउँसोदेखि विवादास्पद जिम्मेवारी आउन सक्छ। अस्वस्थताले काममा बाधा पुर्याउन सक्छ। समस्या समाधान गर्दै फाइदा उठाउन सकिनेछ।>
वृश्चिक (Scorpio)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेको सफलताले आत्मविश्वास बढाउनेछ। आँटले लक्ष्यमा पुर्याउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम सम्पन्न हुनेछ। भविष्यका लागि महत्त्वपूर्ण कामको जग बस्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। साँझतिर यात्राकै क्रममा अतिथिका रूपमा सत्कार पाइनेछ। पारिवारिक भेटघाट रमाइलो रहनेछ। भौतिक साधन प्राप्त हुनेछन्।>
धनु (Sagittarius)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अस्वस्थताले केही बाधा पुर्याउन सक्छ। अप्ठ्यारा परिस्थिति समाधान गर्न जुट्नुपर्नेछ। केही काम रोकिने सम्भावना छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मध्याह्नपछि पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। विभिन्न अवसर प्राप्त हुँदा दैनिकीमा परिवर्तन आउनेछ।>
मकर (Capricorn)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। साझेदारीका पुराना सम्झौता भंग हुन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयास गर्नुपर्नेछ। अरूको सुझावमा मात्र भर नपर्नुहोला। परिवारजनको सहयोग उपयोगी हुनेछ। महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। अपेक्षित काम बिग्रिए पनि मिहिनेतले पछि फाइदा दिलाउनेछ।>
कुम्भ (Aquarius)
गु, गे, गो, सा, सि, सु, से, सो, द
विभिन्न अवसर प्राप्त हुनेछन्। सफलताको यश प्राप्त गर्ने समय छ। उपलब्धिले काममा उत्साह थप्नेछ। भौतिक साधन जुट्दा दिगो योजना सुरु हुन सक्छ। सहयोगीहरूले प्रतिस्पर्धामा जित दिलाउनेछन्। श्रमबाट राम्रो धनलाभ हुनेछ। दिउँसोदेखि आफन्तसँग सावधानी अपनाउनुहोला। व्यवसायमा केही दौडधुप गर्नुपर्ने देखिन्छ।>
मीन (Pisces)
>
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू क्रमशः हट्नेछन्। अवसर र सफलताले साथ दिनेछन्। टाढिएका मित्र नजिकिँदा प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। दैनिक काममा उल्लेख्य फाइदा हुनेछ। रोकिएको काम बन्नाले नयाँ काम सुरु गर्न सकिनेछ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन