काठमाडौं — फोनपे पेमेण्ट सर्भिस लिमिटेडले कात्तिक २४ गते नक्सालमा छैटौं वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीले उक्त सभामा सर्वसाधारणमा आईपीओ निष्कासन, १९ प्रतिशत नगद लाभांश वितरण र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको जनाएको छ।>
कम्पनीका अनुसार गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव बोर्ड बैठकले स्वीकृत गरेको हो। साथै, कम्पनीले सेयर बजारमा सूचीकृत हुने तयारीस्वरूप आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउने र सञ्चालक समितिमा स्वतन्त्र सदस्य नियुक्त गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गर्नेछ।>>>>>
>
>>>>