धनकुटामा शैक्षिक भ्रमणमा आएको स्कुल बस दुर्घटनामा परेको छ।

Aarambha Online 468+ समाचार ( )
१६ मंगशिर २०८२

धनकुटा । धनकुटामा शैक्षिक भ्रमणमा आएको स्कुल बस दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार, आज दिनको करिब ४:२५ बजे तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको पिङ्क लोटस ईङ्लिस बोर्डिङको को १ ख ५३१३ नम्बरको स्कुल बस अनियन्त्रित भई धनकुटा नगरपालिका–७, रमाइलो घुम्ती स्थित कोशी लोकमार्गमा दुर्घटना भएको हो।

बसमा सवार ३६ जना विद्यार्थी, ३ जना शिक्षक र २ जना चालकदल सदस्य गरी ४१ जना यात्रु मध्ये २४ जना विद्यार्थीसहित कुल २९ जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ। बाटो दुबै तर्फी सञ्चालनमा छ र घाइते यात्रुहरू खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार