काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायूको सक्रिय प्रभावका साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको असर देखिएको छ। यसका कारण आज देशभर सामान्यतया बदली रहने र विभिन्न प्रदेशमा वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ भने बाँकी प्रदेशका पहाडी तथा हिमाली भागमा पनि हल्का वर्षा सम्भावित छ। तराईका केही स्थानमा पनि छिटफुट वर्षा पर्न सक्ने महाशाखाको पूर्वानुमान छ। राति पनि कोशीदेखि कर्णालीसम्मका प्रदेशहरूमा सामान्य बदली रहने र गण्डकी, बागमती, लुम्बिनी र कर्णालीका उच्च पहाडी तथा हिमाली भागमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ। मौसमविद्हरूले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रमा नजान अनुरोध गरेका छन्।>
>
#WeatherUpdate #RainAndSnow #NepalWeather #AarambhaOnline #WesternWind @followers @follow @follower @followaarambhaonline>>