कालिकोटबाट सुर्खेत ल्याउँदै गर्दा नेपाली सेनाको हेलिकप्टरमै जन्मिएकी शिशुको अस्पताल पुग्नु अघि नै मृ’त्यु भएको दुःखद घटना सार्वजनिक भएको छ। २० वर्षीया अबिसा खत्रीलाई अत्यधिक रक्तस्राव भएपछि तत्काल उद्धारका लागि सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइँदै थियो। उद्धारकै क्रममा उनले हेलिकप्टरमै शिशुलाई जन्म दिएकी थिइन्, तर अस्पताल पुर्याउने क्रममा नवजात शिशुको मृ’त्यु भएको बताइएको छ। आमाको अवस्था गम्भीर भए पनि चिकित्सकहरूले उपचार गरिरहेको जनाइएको छ।>
>
#Nepal #Kalikot #HelicopterRescue #SadNews #AarambhaOnline @followers @follow @follower @followaarambhaonline> >