नेपाल एयरलाइन्सका चालक दल सदस्य सन्देश तिवारी सुन तस्करीको आरोपमा पक्राउ

Aarambha Online 468+ समाचार ( )
१६ मंगशिर २०८२


काठमाडौँ । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी दोहामा सुन तस्करीको आरोपमा पक्राउ परेका छन्। नोभेम्बर २९ मा दोहा विमानस्थलको भन्सार जाँचका क्रममा तिवारीको साथबाट आठ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

यो घटनाकै कारण आरए–२४० उडान करिब ३५ मिनेट रोकिएको थियो।

पक्राउ परेपछि तिवारीलाई ३ महिनाका लागि निलम्बन गरिएको नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले पुष्टि गरेका छन्।

त्यसमाथि, एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले भने,
“मलाई यसबारे आधिकारिक जानकारी छैन, आधिकारिक नभए बोल्न मिल्दैन,” प्रतिक्रिया दिएकी छन्।

प्रतिक्रिया