थाइल्यान्डमा आयोजित ५७औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालकी खेलाडीको ऐतिहासिक कांस्य पदक

Aarambha Online 468+ समाचार ( )
८ भाद्र २०८२

एजेन्सी । थाइल्यान्डको बैंककमा सम्पन्न ५७ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालकी उर्मिला श्रेष्ठले एथलेटिक्स फिजिक्सको ३५ वर्ष माथिको उमेरसमूहमा कांस्य पदक जितेर नेपालको नाम उज्यालो बनाएकी छन् ।

आठ खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा थाइल्यान्डकी सिरिन्थिप इन्सीले स्वर्ण पदक जितिन् भने लाओसकी सोमानिन फानोसिथले रजत पदक हात पारेकी थिइन् । उर्मिलाले यसै प्रतियोगिताको ओपन क्याटेगोरीमा चौथो स्थान हासिल गर्दै उल्लेखनीय प्रदर्शन गरेकी छिन् ।

यो उपलब्धिलाई नेपालको शारीरिक सुगठन खेलकुदमा ठूलो प्रेरणा मानिएको छ । एसियाली स्तरमा नेपालबाट महिलाको सहभागिता र सफलता निरन्तर देखिनु देशको खेलकुदको लागि सकारात्मक संकेत हो ।

#AsianBodybuilding #NepalAthlete #FitnessChampionship #SportsNews #aarambhaonline
@followers @follow @follower @followaarambhaonline

प्रतिक्रिया