आजको राशिफल – Today’s Horoscope २०८२ मंसिर २४ गते

Aarambha Online 533+ समाचार ( )
२५ मंगशिर २०८२

आजको राशिफल – Today’s Horoscope
२०८२ मंसिर २४ गते (१० डिसेम्बर २०२५) बुधवार
पौष कृष्णपक्ष षष्ठी तिथि। अश्लेषा नक्षत्र, ८:१९ पछि मघा।
चन्द्रराशि कर्कट, ८:19 पछि सिंह।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)


मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरूको विश्वास गर्दा काम रोकिन सक्छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान–सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। चिताएका काम बन्नेछन्। सन्तान वा अनुयायीको साथले हिम्मत बढ्नेछ। सुखद समाचारले दिन रमाइलो बन्नेछ। अध्ययनमा रुचि बढ्नेछ। विगतका कमजोरी सुधार्ने अवसर मिल्नेछ।


वृष – Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बेसुरमा बोल्दा समस्या निम्त्याउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुपर्छ। साझेदारीमा असमझदारी हुन सक्छ। आश्वासन बाँड्नेले झुक्याउन सक्छन्। विश्वासमा पर्दा धोका पाइने सम्भावना छ। परिस्थितिसँग सम्झौता गर्नुपर्छ। नयाँ काममा हात हाल्न केही समय पर्खिनुहोला। नियमित काम निरन्तरता पाउँछ।


मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह
हिम्मतले काम बन्नेछ। मेहनत गर्दा अवसरहरू प्राप्त हुनेछन्। नयाँ काम प्रारम्भ हुनेछ, आम्दानी बढ्नेछ। उद्योग–व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धी परास्त हुनेछन्। विगतको कर्मको राम्रो फल पाइनेछ। सहयोगी जुट्नेछन्। दुश्मनी गर्नेहरू पनि मित्र बन्न सक्छन्।


कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आत्मविश्वास कमीले काममा ढिलासुस्ती हुनेछ। वचन पुर्याउन नसक्दा आलोचना हुन सक्छ। द्विविधा बढ्न सक्छ। खर्चको डर बढ्नेछ। विवादबाट टाढा रहनुहोला। अर्थ अभावले बाधा पुग्न सक्छ। सूचनाको गोपनीयतामा ध्यान दिनुहोस्। केही खर्च भए पनि साख जोगाउन सकिनेछ।


सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेको सफलताले उत्साह बढाउनेछ। तर हतार निर्णयले समस्या ल्याउन सक्छ। खानपान र भेटघाटले काममा बाधा पुग्न सक्छ। प्रयत्न गर्दा दिगो काममा प्रगति हुनेछ। नयाँ प्रस्ताव आए पनि झुक्याउनेहरूबाट सावधान। मेहनतले नाम–दाम दुवै कमाउन सकिनेछ।


कन्या – Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आकस्मिक खर्च बढ्नेछ। बेलैमा होस नपुर्याउँदा चुनौती आउन सक्छ। समय नदिँदा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्। शुभचिन्तक टाढिन सक्छन्। धेरै लगानीपछि थोरै फाइदा। दोहोर्याएर प्रयास गर्नुपर्छ।


तुला – Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते
कर्मयोगले विशेष लाभ हुनेछ। व्यापार विस्तार हुनेछ। साझेदारीबाट फाइदा। प्रशंसक बढ्नेछन्। नयाँ अवसर मिल्नेछ। आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन। छोटो समयमै काम बन्नेछ। दैनिकीमा परिवर्तन आउनेछ।


वृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु
चुनौतीभित्र अवसर खोज्नुपर्छ। नतिजा कमजोर आउन सक्छ। काम दोहोर्याउनुपर्ला। शारीरिक कमजोरीले चिन्ता बढ्न सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्नै विषयमा अरूले दाबी गर्न सक्छन्। लगनशीलताले मात्र सफलता। सामाजिक तथा सेवामूलक काम गर्न सकिनेछ।


धनु – Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
चिताएको काम पूरा नहुन सक्छ। नयाँ काममा बाधा। केही समय प्रतीक्षा उत्तम। अस्वस्थता भए पनि जिम्मेवारी बढ्नेछ। फाइदाका स्रोत पहिचान हुन सक्छ। योजना बनाएर अघि बढे राम्रो। लाभ थोरै। अध्यात्म र परोपकारतिर रुचि बढ्नेछ।


मकर – Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अरूका काममा अलमलिनुपर्ला। अस्वस्थता र कमजोरी। चुनौतीपूर्ण जिम्मेवारी। हुलमुलमा धनमाल जोगाउनुहोस्। आकस्मिक खर्च बढ्नेछ। साधन खोज्न दौडधुप। समस्या भए पनि सहयोगी भेटिन सक्छन्। अवसर आउँछ तर चुनौती पनि साथमै रहनेछ।


कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द
सुन्दर पहिरनले व्यक्तित्व आकर्षक। आफन्तसँग भेटघाट। उपहारले उत्साह। प्रेम–मित्रता बलियो बन्नेछ। अतिथि सम्मान। परिवारको साथले उत्साह बढ्नेछ। कठिन परिस्थिति सहज बनाउन सकिनेछ। व्यवसायमा सामान्य आम्दानी। भौतिक साधन जुटाउन सकिनेछ।


मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्य चिन्ता। हल्लाको पछि लाग्दा दु:ख। गोपनीयता चुहिन सक्छ। बुद्धिको प्रयोग फाइदाजनक। मेहनतपछि लक्ष्य प्राप्त। शत्रुबाट सावधान। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। लामो यात्रा प्रक्रिया अघि बढ्नेछ। हुलमुलमा धन जोगाउनुहोस्।

प्रतिक्रिया

सम्बन्धित समाचार