ज्यान मार्ने अभियोगमा इटहरीका एमाले नेता महेश चौधरी पक्राउ

Aarambha Online 468+ समाचार ( )
२९ अशोज २०८२

इटहरी । ज्यान मार्ने अभियोगमा फरार रहेका इटहरी उप-महानगरपालिकाका कर्मचारी एवं नेकपा एमालेका नेता महेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि इटहरी–७ का राज कटुवालमाथि आक्रमण गरी गम्भीर घाइते बनाएको आरोप लागेको हो।

गत भदौ ६ गते राति कटुवालमाथि घरमै आक्रमण गरिएको थियो। सो घटनामा नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्यसमेत रहेका महेश चौधरी र अर्का शिवु चौधरी संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालयमा जाहेरी परेको थियो।

उक्त घटनापछि शिवु चौधरीलाई प्रहरीले पहिले नै पक्राउ गरे पनि महेश चौधरी फरार रहेका थिए। लामो अनुसन्धान र खोजीपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरेको छ। हाल उनलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ। #ItahariNews #MaheshChaudhary #AttemptToMurder #EMLALeader #NepalPolice

प्रतिक्रिया

सम्बन्धित समाचार