स्टार्टअप उद्यमका लागि कर्जा लिन इच्छुक उद्यमीहरूले अब २१ दिनभित्र आवेदन दिनुपर्ने भएको छ। यो व्यवस्था उद्योगमन्त्री अनिलकुमार सिन्हाको प्रस्तावमा अघि बढाइएको हो।>
बुधबार जारी गरिएको सूचनामा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले उल्लेख गरेको छ कि स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधनसहित) अनुसार नवीन सोच, सीप र क्षमता भएका इच्छुकले सूचना प्रकाशित भएको मितिदेखि २१ दिनभित्र आफ्नो परियोजना प्रस्ताव पेश गर्नुपर्नेछ।>
आवेदन अनलाइनमार्फत दिन सकिनेछ, र परियोजना प्रस्तावको ढाँचा तथा विस्तृत जानकारी औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ।>
सरकारले स्टार्टअप उद्यमी कर्जा योजनामार्फत रोजगारी सृजना र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ। यो योजना विशेषगरी जेन–जी पुस्ताका लागि सुनौलो अवसरका रूपमा रहेको उद्योगमन्त्री सिन्हाले बताएका छन्।>
>
#StartupNepal #Entrepreneurship #BusinessLoan #Innovation #AarambhaOnline
@followers @follow @follower @followaarambhaonline>>