विद्युत् प्राधिकरणद्वारा ६ ठूला उद्योगको लाइन काटियो, ४४० करोड बक्यौता

Aarambha Online 468+ समाचार ( )
५ कार्तिक २०८२


काठमाडौं — नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेका ६ ठूला उद्योगहरूको विद्युत् लाइन काटेको छ। प्राधिकरणका अनुसार ती उद्योगहरूले लामो समयदेखि बिल तिर्ने जिम्मेवारी नपुर्‍याएकाले लाइन काट्ने निर्णय गरिएको हो।

लाइन काटिएका उद्योग र तिनीहरूले तिर्न बाँकी रकम यसप्रकार छन् — जगदम्बा स्टील (रू. १ अर्ब ६० करोड), रिलायन्स स्पिनिङ मिल्स (रू. ७५ करोड ३७ लाख), शिवम् सिमेन्ट (रू. ७७ करोड ८८ लाख), घोराही सिमेन्ट (रू. ५० करोड ८५ लाख), अर्घाखाँची सिमेन्ट (रू. ४४ करोड ८४ लाख) र त्रिवेणी स्पिनिङ मिल्स (रू. ३२ करोड १० लाख)। प्राधिकरणका अनुसार यी उद्योगहरूबाट उठ्न बाँकी कुल बक्यौता रकम करिब ४४० करोड रुपैयाँ बराबर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार