नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमका अनुसार शनिबार राति १ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल दुवैमा मूल्यवृद्धि

Aarambha Online 468+ समाचार ( )
१ मंगशिर २०८२

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमका अनुसार शनिबार राति १ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल दुवैमा मूल्यवृद्धि गरिएको हो।

नवीनतम समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँडिजेलमा प्रतिलिटर ३ रुपैयाँ थपिएको निगमले जनाएको छ। त्यसपछि पेट्रोलको खुद्रा मूल्य रु. १६१ र डिजेलको मूल्य रु. १४७ पुगेको छ।

मूल्य समायोजनबारे निगमले जारी गरेको सूचनामा कात्तिक ३० गते बिहान १ बजेदेखि नयाँ दर लागू हुने उल्लेख गरिएको छ।

#FuelPriceHike #NepalOilCorporation #PetrolPrice #DieselPrice #AarambhaOnline
@followers @follow @follower @followaarambhaonline

प्रतिक्रिया

सम्बन्धित समाचार