पञ्चायतदेखि बेवास्तामा परेका जितबहादुर केसीले पाए २५ लाख सम्मान, जेन-जी मन्त्री बब्लु गुप्ताको पहल

Aarambha Online 468+ समाचार ( )
२१ कार्तिक २०८२

सन् १९७३ मा फिलिपिन्समा भएको एसियाली एथलेटिक्स प्रतियोगितामा नेपालका जितबहादुर केसीले ऐतिहासिक कांस्य पदक जिते पनि पञ्चायतदेखि गणतन्त्रसम्म राज्यले उनलाई उपेक्षा गरिरह्यो। पाँच दशकसम्म न सम्मान न वाचा गरिएका पुरस्कार पाए।

जेन-जी आन्दोलनपछि बनेको सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषद्को १२३औँ बोर्ड बैठकमार्फत केसीलाई २५ लाख रुपैयाँ सम्मान गर्ने प्रस्ताव अघि सारे, जसलाई सर्वसम्मत रूपमा पारित गरियो। ७९ वर्षीय केसी यो खबर सुनेर भावुक बने, अब उनको जीवन संघर्ष न्यायको प्रतीकका रूपमा चिनिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार