पूर्व फूटबल कप्तान एन्जीला तुम्बापो सुब्बालाई एक विशेष समारोहमार्फत सम्मान

Aarambha Online 468+ समाचार ( )
४ मंगशिर २०८२

नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी पूर्व फूटबल कप्तान एन्जीला तुम्बापो सुब्बालाई एक विशेष समारोहमार्फत सम्मान गरिएको छ। किरात याक्थुङ चुम्लुङ यूकेको सहकार्यमा आयोजित कार्यक्रममा एनआरएनए यूकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल र महासचिव जुरेन्द्र खजुमले एन्जीलालाई सम्मानपत्र प्रदान गरे।

सोही कार्यक्रममा “एन्जीला” फिल्मका निर्देशक मिलन चाम्स, नायिका श्रृजना सुब्बा र अभिनेत्री रन्जीता साउदेनलाई पनि विशेष सम्मान दिइयो।

१६ नोभेम्बर २०२५ मा सम्पन्न उक्त समारोहले सहभागी सबैमा प्रेरणा, गौरव र उत्साह भरिदिएको आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार