सुनचाँदी बजारमा पुनः गिरावट: आज पनि तोलामा २ हजारले घट्यो मूल्य

Aarambha Online 468+ समाचार ( )
११ कार्तिक २०८२

काठमाडौं। आज  सुनको मूल्य फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फाइन गोल्ड (9999) को मूल्य प्रतितोला रु २ लाख ३९ हजार ९०० कायम भएको छ, जुन हिजाेको तुलनामा रु २ हजारले कम हो।

त्यसैगरी, चाँदीको मूल्य पनि घट्दै प्रतितोला रु २,९८० मा पुगेको छ। लगातार दुई दिनदेखि सुन र चाँदी दुवैको मूल्य घट्दै गएको देखिन्छ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर मजबुत बन्दै गएको र विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताले सुनमा लगानी घटाएको व्यवसायीहरूको भनाइ छ। तिहारपछि बजारमा स्थिरता आउँदै गए पनि अहिलेको गिरावटले लगानीकर्तामा सतर्कता देखिएको छ।

#GoldPrice #SilverRate #NepalGoldMarket #GoldUpdate #AarambhaOnline
@followers @follow @follower @followaarambhaonline

प्रतिक्रिया