जेनजी अभियन्ता किशोरी कार्की ओखलढुङ्गाबाट चुनाव लड्ने

Aarambha Online 468+ समाचार ( )
१७ मंगशिर २०८२

काठमाडौँ । जेनजी अभियन्ता किशोरी कार्की ओखलढुङ्गाबाट चुनाव लड्ने

जेनजी अभियन्ता किशोरी कार्की आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ओखलढुङ्गाबाट उम्मेदवारी दिने भएकी छन्।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै उनले उम्मेदवारी सार्वजनिक गरेकी हुन्।

कार्कीले ओखलढुङ्गालाई मुटुको धड्कन र जीवनको पहिचान भएको उल्लेख गर्दै लेखेकी छन्—
“यही माटोमा म जन्मिएँ, यही माटोमै मेरो बुवाको सपना अधुरो रह्यो, र यही माटोमै मेरी आमाले आधा जीवन आँसु पुछ्दै बिताउनुपर्‍यो।”

उनको भावनात्मक अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्।

प्रतिक्रिया