१७ मंगशिर २०८२

आजको राशिफल – Today’s Horoscope

मंगलबार – २०८२ मंसिर १६ (२ डिसेम्बर २०२५)
तिथि: मार्ग शुक्लपक्ष द्वादशी (१२:२० पछि त्रयोदशी)
नक्षत्र: अश्विनी
चन्द्रराशि: मेष


मेष – Aries

अक्षरः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रमाइलो जमघटमा सहभागी हुने अवसर मिल्नेछ। मिहिनेतको सकारात्मक परिणामले आत्मविश्वास बढाउनेछ। विशिष्ट व्यक्तिसँग भेटघाट र उपहार प्राप्तीको योग छ। नयाँ अवसरले उत्साह थपिनेछ।


वृष – Taurus

अक्षरः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
केही पाउन केही त्याग गर्नुपर्ला। यात्रा र भ्रमणको योग छ। दोहोर्‍याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। आवश्यक खर्च बढे पनि वित्तीय आवश्यकतामा सहयोग जुट्नेछ।


मिथुन – Gemini

अक्षरः का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेतको राम्रो फल पाइनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिने दिन। नयाँ ज्ञान प्राप्ति र अध्ययनमा प्रगति हुनेछ। दिगो फाइदा हुने काम सुरु गर्ने राम्रो समय।


कर्कट – Cancer

अक्षरः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज सुरु गरिएका कामले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साथीहरूको सहयोगले हिम्मत बढ्नेछ। समाजसेवा वा सार्वजनिक कामबाट मान–सम्मान प्राप्त हुने योग छ।


सिंह – Leo

अक्षरः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सबैलाई समेटेर अघि नबढ्दा योजना अधुरा रहन सक्छन्। समय व्यवस्थापनमा चुनौती देखिनेछ। कामको मूल्यांकन राम्रै भए पनि प्रतिफल पाउन केही समय लाग्नेछ। दीर्घकालीन योजना बनाउन उपयुक्त दिन।


कन्या – Virgo

अक्षरः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्य कमजोर हुनसक्ने संकेत। गोपनीयतामा विशेष ध्यान दिनु पर्नेछ। रोकिएको काम अघि बढाउन पुनः प्रयास आवश्यक पर्न सक्छ। समस्यामा साथ दिने सहयोगीहरू पाइनेछन्।


तुला – Libra

अक्षरः र, रि, रु, रे, रो, ता, ति, तु, ते
दिन सामान्य रहन सक्छ। पारिवारिक मतभेद वा भावनात्मक उतार–चढाव देखिन सक्छ। आम्दानी राम्रै भए पनि खर्च बढ्नेछ। विवाद वा वादविवादमा अघि नबढ्नु उत्तम।


वृश्चिक – Scorpio

अक्षरः तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिस्पर्धीहरू पछि पर्नेछन्। मुद्दा–मामिलामा विजयको योग। आर्थिक काम–व्यवसाय राम्रो हुने दिन। संघर्षपछि लक्ष्य प्राप्ति सम्भव छ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न उत्तम समय।


धनु – Sagittarius

अक्षरः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसर आए पनि त्यसको सदुपयोग गर्न मिहिनेत गर्नुपर्नेछ। स्वास्थ्यमा ध्यान दिन आवश्यक। अध्ययन–अनुसन्धान तथा प्रतिष्ठित कामबाट खुशी मिल्नेछ। शुभचिन्तकहरूको साथ पाइनेछ।


मकर – Capricorn

अक्षरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिवारका काममा समय बित्न सक्छ। आश्वासन दिएर विश्वस्त पार्न खोज्नेहरूबाट सावधान। कृषिमूलक वा घरेलु काममा व्यस्तता बढ्नेछ। प्रयास दोहोर्‍याए काम बन्नेछ।


कुम्भ – Aquarius

अक्षरः गु, गे, गो, सा, सि, सु, से, सो, द
उपहार वा सौगात पाउने योग। रोकिएका काम अगाडि बढ्नेछन्। उद्योग–व्यवसायमा उत्कृष्ट फाइदा। प्रतिस्पर्धामा सजिलै अघि बढ्न सकिनेछ। नाम–दाम–इनाम प्राप्त हुने सम्भावना।


मीन – Pisces

अक्षरः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बोलीको प्रभाव बढ्नेछ। महत्वाकांक्षी योजना अघि बढाउन राम्रो समय। आर्थिक लाभका नयाँ स्रोत भेटिनेछन्। अध्ययन तथा ज्ञान विस्तारमा प्रगति। सुखद समाचारले मन प्रशन्न बन्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार