प्रधानमन्त्री सुशीला कार्कीद्वारा सरकार, दल र जेनजी अगूवाहरूबीच त्रिपक्षीय बैठक बोलाइयो

Aarambha Online 468+ समाचार ( )
१३ कार्तिक २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे बालुवाटारमा त्रिपक्षीय बैठक बोलाएकी छन्। उक्त बैठकमा सरकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जेनजी (Gen Z) आन्दोलनका अगूवाहरू सहभागी हुनेछन्।

बैठकको उद्देश्य आगामी निर्वाचन सफल पार्ने र देशमा जारी परिवर्तनलाई संस्थागत गर्ने विषयमा सहमति जुटाउने रहेको बताइएको छ। स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले सबै पक्षबीच संवादमार्फत साझा समझदारी बनाउन विशेष पहल थालेकी हुन्।

#SushilaKarki #GenZMovement #NepalPolitics #BaluwatarMeeting #Election2025 #ChiyaGalli #AarambhaOnline
@followers @follow @follower @followaarambhaonline

प्रतिक्रिया

सम्बन्धित समाचार